२०८१ जेठ २८ गते ८:३१ विकासन्युज
काठमाडौं । साझा यातायातले विद्युतीय माइक्रोबस सञ्चालन गर्ने भएको छ । विद्युतीय माइक्रोबस सञ्चालनका लागि साझाले सोमबार एक सूचना प्रकाशन गर्दै २५ वटा विद्युतीय माइक्रोबस किन्न टेण्डर खुलाएको छ ।
साझाले विद्युतीय माइक्रोबसका साथै ५ वटा विद्युतीय स्कुटर किन्न पनि टेण्डर खुलाएको छ ।
विद्युतीय माइक्रोबसको टेण्डरमा सहभागी हुने कम्पनीले ३० लाख रुपैयाँ बिड सेक्युरिटी रकम जम्मा गर्नुपर्ने छ ।
यस्तै स्कुटरको बिड सेक्युरिटी रकम ३० हजार रुपैयाँ तोकिएको छ । प्रि–बिड मिटिङ र टेण्डर खोलिने मिति विद्युतीय माइक्रोबसकै रहेको छ । यसका लगि समय भने छुट्टाछुट्टै निर्धारण गरिएकाे छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.