डिपल एस०७ को नयाँ मूल्य ७४ लाख ९९ हजार, आइतबारदेखि बुकिङ खुला

  २०८१ जेठ २७ गते १४:४९     विकासन्युज

काठमाडौं । नेपालका लागि चांगान र डिपल इभीको आधिकारिक बिक्रेता एमएडब्लु वृद्धि अटोकर्प प्रालिले प्रिमियम इलेक्ट्रिक एसयुभी दिपल एस०७ को ७४ लाख ९९ हजार रुपैयाँमा बुकिङ खुल्ला गरेको छ । इलेक्ट्रिक भेहिकलको करमा नेपाल सरकारले गरेको परिमार्जनपछि एमएडब्लु वृद्धिअटोकर्पले डिपल एस०७ को नयाँ मूल्य घोषणा गरेको हो ।

कम्पनीका अनुसार दुई महिनाअघि नेपालमा सार्वजनिक भएको डिपल एस०७ले छोटो समयमै नेपाली बजारबाट सुखद प्रतिक्रिया पाएको छ । यसको आकर्षक डिजाइन, बेजोड पर्फमेन्स र अत्याधुनिक फिचरमार्फत दिपल एस०७ ले इभी सेग्मेन्टमा नयाँ मापदण्ड स्थापित गर्न सफल भएको छ ।

बजारबाट पाएको सकारात्मक प्रतिक्रियाबाट चांगान नेपाल उत्साहित भएको बताएको छ । नेपाल बजारमा अत्याधुनिक प्रविधि र गुणस्तरीय गाडी ल्याउन कम्पनी प्रतिबद्ध छ । चांगान नेपालले नयाँ डिपल एस०७ असारको अन्तसम्ममा ग्राहकलाई डेलिभरी दिने तयारी गरिरहेको बताएको छ ।

‘इटालीको टुरिनमा डिजाइन भएको डिपल एस०७ मा वेलकमिंग सिट, एआई पावर्ड सनफ्लावर टचस्क्रिन, जेस्चर कन्ट्रोल, अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले, १२५ लिटरको फ्रंक, चार ड्राइभिंग मोड (इको, कम्फोर्ट, स्पोर्ट र कस्टमाइज), हेडरेस्ट र आउटडोर स्पिकरसहित १४ वटा सोनी स्पिकर लगायत १५ भन्दा बढी फस्र्ट टाइम इन नेपाल फिचर रहेका छन्’, कम्पनीले आइतबार जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘यसमा रहेको फ्रेमलेस डोर, फ्लस हेन्डल, २० इन्चको टायर, डवल लेयर्ड ग्लासले डिपल एस०७ को सुन्दरतालाई मात्र बढाएको छैन कारको पर्फमेन्सलाई पनि राम्रो बनाउँछ । यसबाहेक ड्राइभिंगलाई नयाँ उचाइमा पुर्याउन यसमा रियर ह्विल ड्राइभ रहेको छ ।’

दिपल एस०७ मा ६६.८ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ जसले सिंगल चार्जमा ४१० किलोमिटर (डब्लुएलटीपी) रेन्ज दिने कम्पनीको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.