नेष्डो समृद्ध लघुवित्तको अध्यक्षमा लमिछाने नियुक्त

  २०८१ जेठ २७ गते १२:५८     विकासन्युज

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितिको अध्यक्षमा सावित्री खत्री क्षेत्री लामिछाने नियुक्त भएकी छन् । जेठ २५ गते शुक्रबार बसेको संस्थाको सञ्चालक समितिको बैठकले अध्यक्षको पदमा लामिछानेलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

कम्पनीका सचिव कमलप्रसाद शर्माका अनुसार सभाले चार जना सञ्चालक नियुक्त गरेको छ । संस्थापक सेयरधनीबाट नियुक्त हुने चार जना सञ्चालकमध्ये संगठित संस्था नेष्डो नेपालको तर्फबाट सावित्री खत्री क्षेत्री लामिछाने, निर्मला क्षेत्री र रेशमबहादुर खत्री साथै अन्य संस्थापक सदस्यहरुको तर्फबाट रत्न प्रसाद अधिकारी सञ्चालकमा नियुक्त भएका हुन् ।

साथै सोही बैठकले जोखिम व्यवस्थापन समितिको संयोजकमा गैर कार्यकारी सञ्चालक रत्न प्रसाद अधिकारी र कर्मचारी सेवा सुविधा समितिको संयोजकमा गैर कार्यकारी सञ्चालक रेशमबहादुर खत्रीलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.