गर्मी छल्न बागमती किनारमा (तस्बिरहरू)

  २०८१ जेठ २६ गते १७:५४     सौगात पुडासैनी

विगतका वर्षभन्दा यस वर्ष देशभरि अत्यधिक गर्मी छ । काठमाडौं उपत्यकाको तापक्रम पनि दिनहुँ बढ्दै गइरहेको छ । अत्यधिक गर्मीबाट जोगिन मानिसहरू शीतल बस्ने ठाउँको खोजी गरिरहेका हुन्छन् ।

केही समयअघि काठमाडौं र ललितपुरको सिमाना बनेर बगेको बागमती नदी किनारमा मुखै थुनेर हिँड्नुपर्ने बाध्यता थियो । फोहोरका थुप्रा, पानी जमेका सडकका खाल्डा र हिँड्दा पनि असुरक्षित महसुस हुने कोरिडोरको अहिले भने मुहारै फेरिएको छ ।

पछिल्लो समय बागमती कोरिडोरको सौन्दर्यीकरण गरिएपछि मानिसका बिहान बेलुकी जगिङ र शीतलमा बस्नका लागि उपयुक्त थलो बनेको छ । अहिलेको अत्यधिक गर्मीकाे समयमा त गर्मी छल्ने थलो नै बनेको छ ।

सोही बागमती कोरिडोरमा केटाकेटी खेल्ने, साथीभाई भेटघाट गर्ने, पारिवारीक समय बिताउने गर्न थालिएकाे छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.