२०८१ जेठ २५ गते ११:३७ विकासन्युज
काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ । सुनको मूल्य आज तोलामा १ हजार रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार प्रतितोला १ लाख ४४ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज प्रतितोला १ हजार रुपैयाँले बढेर आज छापावाला सुन प्रतितोला १ लाख ४५ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज तेजावी सुन पनि १ हजार रुपैयाँले नै बढेर आज तेजावी सुन प्रतितोला १ लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
साथै, चाँदीको मूल्य ५० रुपैयाँले बढेर तोलामा १ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.