एकैदिन तोलामा २३ सयले बढ्यो सुनको मूल्य

  २०८१ जेठ १७ गते १०:५२     विकासन्युज

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा २३ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार १ लाख ३८ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन बिहीबार प्रतितोला प्रतितोला २३ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ४० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य पनि २३ सय रुपैयाँले नै बढेर प्रतितोला १ लाख ३९ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, चाँदीको मूल्य भने ३० रुपैयाँले घटेर तोलामा १ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.