बनेपामा फिल्म छायांकन स्टुडियो निर्माण गरिने

  २०८१ जेठ १५ गते १६:३६     विकासन्युज

काठमाडौं । सरकारले काभ्रेपलाञ्चोकको बनेपामा फिल्म छायांकन स्टुडियो निर्माण सुरु गरिने बताएको छ ।

मंगलबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले बनेपामा फिल्म छायांकन स्टुडियोको निर्माण गरिने बताएका हुन् ।

अर्थमन्त्री पुनले दोलखामा सार्वजनिक तथा निजी साझेदारीमा अन्तर्राष्ट्रिय फिल्म सिटी निर्माण गरिने समेत बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.