निर्जीवन बीमाको व्यवसाय ३३ अर्ब बढी, १० महिनामा बिक्री गरे पौने २५ लाख पोलिसी

  २०८१ जेठ १५ गते १३:३१     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को १० महिनामा निर्जीवन बीमा कम्पनीहरूले ३३ अर्ब बढीको व्यवसाय गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार बैशाखसम्म ४ लघुबीमासहित १८ वटा बीमा कम्पनीले २४ लाख ७८ हजार ७२७ वटा बीमा पोलिसी बिक्री गरी ३३ अर्ब ६ करोड ८७ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् ।

१० महिनासम्म १४ वटा ठूला बीमा कम्पनीले २३ लाख ९३ हजार १८२ वटा बीमा लेख बिक्री गरी ३२ अर्ब ८७ करोड ४८ लाख रुपैयाँ र ४ वटा लघुबीमा कम्पनीले ८५ हजार ५४५ बीमालेख बिक्री गरी १९ करोड ३९ लाख रुपैयाँ बराबरको व्यापार गरेका हुन् ।

समीक्षा अवधिसम्म सबैभन्दा धेरै शिखर इन्स्योरेन्सले २ लाख ६१ हजार २५२ वटा पोलिसी जारी गरी ४ अर्ब ५४ करोड ११ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।

यस्तै, सगरमाथा लुम्बिनी इन्स्योरेन्सले २ लाख ४३ हजार १५ बीमा लेखवापत ३ अर्ब ८८ करोड ५४ लाख रुपैयाँ, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले २ लाख ५३ हजार ५८७ बीमा लेख बिक्री गरी ३ अर्ब १८ करोड ७१ लाख रुपैयाँ कुल बीमाशल्क आर्जन गरेको छ ।

हिमालयन एभरेष्ट इन्स्योरेन्सले २ लाख १० हजार ९०३ बीमा लेख बिक्री गरेर २ अर्ब ९३ करोड ३ लाख रुपैयाँ, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले १ लाख ९८ हजार ४४३ बीमा लेख बिक्री गरेर २ अर्ब ८८ करोड ५४ लाख रुपैयाँको व्यवसाय गरेका हुन् ।

नेको इन्स्योरेन्सले २ अर्ब ६४ करोड ७१ लाख रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्सले २ अर्ब १७ करोड ६१ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सले २ अर्ब ३ करोड ९१ लाख रुपैयाँ, सानिमा जीआईसी इन्स्योरेन्सले १ अर्ब ९४ करोड ६५ लाख रुपैयाँ संकलन गरेका हुन् ।

ओरिएन्टल इन्स्योरेन्सले १ अर्ब ६४ करोड ६० लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सले १ अर्ब ४४ करोड ३९ लाख रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले १ अर्ब ३४ करोड रुपैयाँ, नेपाल इन्स्योरेन्सले १ करोड २५ करोड ८७ लाख र नेशनलले ९४ करोड ३९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् ।

नेपाल माइक्रोले ३८ हजार ४९२ बीमा लेख जारी गरी ७ करोड ६७ लाख रुपैयाँ, प्रोटेक्टिभ माइक्रोले २० हजार ३३३ बीमालेख बिक्री गरेर ६ करोड १४ लाख रुपैयाँ, स्टार माइक्रोले २१ हजार १२९ बीमालेख वापत ४ करोड २५ लाख रुपैयाँ र ट्रस्ट माइक्रोले ५ हजार ५९१ बीमा लेख वापत १ करोड ३० लाख रुपैयाँ बराबरको व्यवसाय आर्जन गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.