चालु आर्थिक वर्षमा बंगलादेशको अर्थतन्त्र ५.८२ प्रतिशतले बढ्ने अनुमान

  २०८१ जेठ ८ गते १५:०२     विकासन्युज

ढाका । चालु आर्थिक वर्ष २०२३ जुलाईदेखि २०२४ जुनसम्ममा बंगलादेशको अर्थतन्त्र ५.८२ प्रतिशतले बढ्ने अनुमान गरिएको छ ।

गत आर्थिक वर्षको वृद्धिदर ५.७८ प्रतिशतको तुलनामा कुल गार्हस्थ्य उत्पादनको यो वृद्धि सामान्य हो भने अन्तर्राष्ट्रिय मुद्रा कोषको ५.७ प्रतिशत र विश्व बैंकको ५.६ प्रतिशतको पूर्वानुमानसँग नजिकको तथ्यांक रहेका समाचार एजेन्सी बीएसएसले सोमबार रिपोर्ट गरेको छ ।

यसैबीच, चालु आर्थिक वर्षको पहिलो सात महिनाको तथ्यांकमा आधारित अनुमानअनुसार प्रतिव्यक्ति आयको पूर्वानुमान अघिल्लो वर्षको २ हजार ७ सय ४९ डलरबाट बढेर चालु आर्थिक वर्षमा २ हजार ७ सय ८४ डलर पुगेको छ ।

हालको मूल्यमा बंगलादेशको जीडिपी ४ सय ५९ अर्ब डलर रहेको छ, जुन अघिल्लो आर्थिक वर्षमा ४ सय ५२ अर्ब डलर थियो ।

तथ्यांकले कृषि र उद्योगमा कमी देखाएको भने सेवामा थोरै वृद्धि भएको देखाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.