पाइलटहरू बिरामी भएपछि एयर इन्डियाका ७८ उडान रद्द

  २०८१ वैशाख २६ गते १४:३३     विकासन्युज

काठमाडौं । बुधबार एयर इन्डिया एक्सप्रेसका ७८ वटा अन्तर्राष्ट्रिय तथा घरेलु उडानहरू रद्द तथा ढिलाइ भएका छन् ।

वरिष्ठ चालक दलका सदस्यहरू बिरामी परेर बिदामा बसेका कारण इन्डिया एक्सप्रेसका ७८ वटा अन्तर्राष्ट्रिय तथा घरेलु उडानहरू रद्द वा ढिलाइ भएका भारतीय सञ्चारमाध्यमले लेखेका छन् ।

एयर इन्डिया एक्सप्रेसले बुधबार आफ्नो उडान सञ्चालनमा ठूलो अवरोधको सामना गर्नुपरेको बताएको छ । लगभग ७८ वटा रद्द उडानमा प्रायः अन्तर्राष्ट्रियका वरिष्ठ चालक दलका सदस्य बिरामी भएको कारण रद्द वा ढिलाइ भएको थियो।

भारतीय नागरिक उड्डयन मन्त्रालय स्रोतका अनुसार मङ्गलबारदेखि सुरु भएको यो समस्या बुधबार बिहानसम्म जारी रहेको थियो ।

नागरिक उड्डयन अधिकारीहरूले यस विषयमा अनुसन्धान गरिरहेका छन्। स्वास्थ्य समस्यालाई उद्धृत गर्दै उडान अघि केही वरिष्ठ चालक दलका सदस्यहरूले आफ्नो मोबाइल फोन बन्द गरेको स्रोतहरूले बताएका छन् ।

वैकल्पिक पाइलटहरू उपलब्ध नभएका कारण उडानहरू रद्द गर्नु परेको थियो । एयर इन्डिया एक्सप्रेसले परिस्थितिको मूल्यांकन गरिरहेको जनाउँदै प्रभावित यात्रुहरूसँग माफी मागेको छ ।

एयर इन्डिया एक्सप्रेसका प्रवक्ताले केबिन क्रूको टोलीले मंगलबार राति बिरामी भएको रिपोर्ट गरेको परिणामस्वरूप उडानमा ढिलाइ र रद्द भएको बताए । घटनाका कारणहरू बुझ्नका लागि चालक दलका सदस्यहरूसँग एयर इन्डिया एक्सप्रेसको टोलीले छलफल गरिरहेको छ ।

यस्तै घटना अप्रिल १ मा भिस्तारा एयरले पनि सामना गर्नु परेको थियो । त्यसबखत पाइलटहरू बिरामी भएकाले सयभन्दा बढी उडान प्रभावित भएका थिए । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.