सीईडीबी हाइड्रोले डाक्यो वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?

  २०८१ वैशाख १२ गते १७:२७     विकासन्युज

काठमाडौं । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आगामी बैशाख ३१ गते वार्षिक साधारण सभा डाकेको छ । कम्पनीले सो दिन बिहानको ८ बजे दुई आर्थिक वर्षको साधारण सभा आव्हान गरेको हो ।

सो दिन कम्पनीले आर्थिक वर्ष २०७७/७८ र आर्थिक वर्ष २०७८/७९ को साधारण सभा बोलाएको हो ।

उक्त सभामा जाने प्रयोजनको लागि कम्पनीले आगामी बैशाख १९ गतेदेखि बैशाख ३१ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । यससँगै बैशाख १८ गतेसम्म कायम सेयरधनीले मात्रै कम्पनीको प्रस्तावित लाभांश पाउने छन् ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको ११ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८९ प्रतिशत नगद गरी सो मात्राको लाभांश प्रस्ताव गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.