सूर्यज्योति लाइफ १७औं वर्षमा, थप गुणस्तरीय सेवा प्रदान गर्ने

  २०८१ वैशाख ११ गते १४:००     विकासन्युज

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स १६ वर्ष पूरा गरी १७ वर्षमा प्रवेश गरेको छ । इन्स्योरेन्सले मर्जरको एक वर्ष पुरा गरि देशैभरि रहेका सम्पूर्ण शाखाहरुमा केक काटेर हर्षोल्लासका साथ १६औं वार्षिकोत्सव मनाएको हो ।

कम्पनीका अनुसार १५ वर्षको इतिहास बोकेको सूर्या लाइफ इन्स्योरेन्स र छोटो अवधिमा सेवा प्रदान गरि आफुलाई एक सबल कम्पनीको रुपमा प्रस्तुत गरेको ज्योति लाईफ इन्स्योरेन्सबीच मर्जर भई बनेको सूर्यज्योति लाइफ इन्स्योरेन्सले २०७९ पौष ७ गते आफ्नो संयूक्त कारोबार सूरु गरेको थियो ।

उक्त अवसरमा प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले कम्पनीलाई १६ वर्ष देखि निरन्तर सफलता प्राप्त गर्न साथ दिने सम्पूर्ण ग्राहकवर्ग, अभिकर्ताहरु,कर्मचारीहरु, सेयरधनीहरू, सञ्चालक समिति, नियमनकारी निकायहरू, व्यावसायिक साझेदारहरु लगायत सम्पूर्ण संचारकर्मीहरूमा आगामी दिनहरूमा अझै गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता जाहेर गरे ।

साथै, कम्पनीका अध्यक्ष केशव प्रसाद भट्टराईले कम्पनीप्रति विश्वास गरी जोडिने सम्पुर्ण सरोकारवालाहरु लगायत सदैव मार्गनिर्देश गर्ने नियमनकारी निकायहरू प्रति कृतज्ञता ज्ञापन गरे ।

कम्पनीले नविनतम प्रविधिमैत्री तथा समय सापेक्ष उत्कृष्ट सेवा पस्कदै आएको र सर्वाधिक ३५ घातक रोगहरु विरुद्ध ५० लाख रुपैयाँ सम्मको उपचार खर्चको आर्थिक सुरक्षा दिदै आएको छ।

कम्पनीका अनुसार नेपालको एकमात्र तथा पहिलो आईएसओ ९००१ः२०१५ बाट सम्मानित सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको हाल चुक्ता पुँजी ४५४ करोड रुपैयाँ, जीवन बीमाकोष ३,२०० करोड रुपैयाँ, कुल लगानी ३,७५० करोड रुपैयाँ रहेको छ भने नेटवर्थ ७५६ करोड रुपैयाँ रहेको छ । कम्पनीले हाल १७८ शाखाहरु मार्फत सेवा प्रदान गर्दै २८ लाख बीमालेख जारी गरिसकेको छ भने हाल कम्पनीसंग आवद्ध प्रशिक्षित अभिकर्ता संख्या ९६ हजार रहेको छ ।

कम्पनीको चैत २० गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट आफ्ना सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको १० दशमलव २६ प्रतिशत बोनश सेयर र कर प्रयोजनको लागि समेत गरि २४ दशलमव ७४ प्रतिशत नगद लाभांश गरि कुल ३५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.