बजारमा छायो हरियाली, १२ अंकले बढ्यो नेप्से परिसूचक

  २०८१ वैशाख ९ गते १५:२७     विकासन्युज

काठमाडौं । आइतबारको सेयर बजारमा हरियाली छाएको छ । विगत पाँच दिनदेखि निरन्तर ओरालो लागेको बजारमा आइतबार भने अन्तिमको समयमा दोहोरो अंकले बढेर हरियाली छाएको हो ।

सेयर मूल्य मापक नेप्से परिसूचक १२.२९ अंकले बढेर १९८४.४३ बिन्दुमा पुगेको छ । जुन अघिल्लो कारोबारको तुलनामा ०.६२ प्रतिशतले बढी हो ।

बजारमा परिसूचकसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । गत बिहीबार २ अर्ब ९ करोडको सेयर कारोबार भएको बजारमा आइतबार भने २ अर्ब २५ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएका छन् ।

आइतबार ३१० वटा स्क्रीप्स कारोबार भएकोमध्ये गोर्खाज फाइनान्सको सर्वाधिक कारोबार भएको छ । फाइनान्सको एकैदिन १० करोड २७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जसको सेयर मूूल्य भने ३२.९० अंकले घटेर प्रतिकित्ता ७८७.१० रुपैयाँमा झरेको छ ।

सो दिन बैंकिङ र म्युचुअल फण्ड बाहेक बाँकी समूह हरिया देखिएका छन् । दोल्टी पावर कम्पनीको सेयर मूल्य सबैभन्दा बढी अर्थात ९.८८ प्रतिशतले बढेर प्रतिकित्ता ४८७ रुपैयाँ पुगेको छ । त्यस्तै, एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ८.४८ प्रतिशत र रु रु जलविद्युत् परियोजनाको सेयर मूल्य ८.१८ प्रतिशतले बढेको छ । यी दुई कम्पनीको सेयर मूल्य क्रमशः ७०० र ५४६ रुपैयाँ रहेको छ ।

टप लुजरको शीर्ष स्थानमा भने पिपुल्स पावर रहेको छ । जसको सेयर मूल्य ७.४६ प्रतिशतले घटेर प्रतिकित्ता ६०८ रुपैयाँमा झरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.