आइसरले पहिलो वार्षिकोत्सवमा गर्यो वृक्षारोपण कार्यक्रमको आयोजना

  २०८१ वैशाख ७ गते १३:१०     विकासन्युज

काठमाडौं । आइसरले पहिलो वार्षिकोत्सवमा वृक्षारोपण कार्यक्रमको आयोजना गरेको छ ।

नेपालका लागि आधिकारिक बिक्रेता बतास एमएडब्लु कर्मसियल भेहिकलमा अग्रणी रहेको आइसरको पहिलो वार्षिकोत्सवको अवसरमा शुक्रबार वातावरणीय दिगोपन र कर्पोरेट सामाजिक उत्तरदायित्वको लागि निरन्तर प्रतिबद्धताको रूपमा टंगाल स्थित बतास अर्गनाइजेसनको प्राङ्गणमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।

वृक्षारोपण कार्यक्रममा सम्पूर्ण कर्मचारीहरू, सरोकारवालाहरू र समुदायका सदस्यहरूको सहभागीता रहेको थियो । जलवायु परिवर्तनलाई न्यूनीकरण गर्न, हावाको गुणस्तर सुधार गर्न र जैविक विविधता बढाउन रुखहरूले महत्वपूर्ण भूमिका खेल्छन् । हाम्रो वृक्षारोपण कार्यक्रम मार्फत, हामी आउने पुस्ताको लागि हरियाली र स्वस्थ भविष्य सिर्जना गर्दै हाम्रो वातावरणको संरक्षण र पुर्नस्थापनामा हरियाली कायम गरी योगदान गर्ने लक्ष्य वृक्षारोपण कार्यक्रमको रहेको थियो ।

‘कार्यक्रममा सहभागीहरूले रुख रोप्ने, वनीकरणको महत्वबारे जान्न र वातावरण संरक्षण सम्बन्धी अन्तरक्रियात्मक जनचेतनामुलक कार्यक्रममा संलग्न हुने अवसर पाए । वृक्षारोपण कार्यक्रममा भाग लिएर सँगै, हामी वातावरणमा सकारात्मक प्रभाव पार्न सक्छौं र पृथ्विमा हरियालीका लागि दिगो भविष्य सिर्जना गर्न सक्छौं’, कार्यकारी निर्देशक दिपक अग्रवालले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.