प्राइम बैंकको नाफामा १७ प्रतिशत छलाङ, प्रतिसेयर आम्दानी १९.७८ रुपैयाँ

  २०८१ वैशाख ७ गते ७:१८     विकासन्युज

काठमाडौं । प्राइम कमर्सियल बैंकको चालु आर्थिक वर्ष २०८०/८१ तेस्रो त्रैमासमा खुद नाफा १७ प्रतिशत बढेर २ अर्ब ८७ करोड ८७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले २ अर्ब ४६ करोड ७५ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

चैत मसान्तसम्म बैंकले ५ अर्ब ७८ करोड ३८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ५ अर्ब ४७ करोड २५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

यस अवधिमा बैंकको कुल सञ्चालन आम्दानी ७ अर्ब १६ करोड रुपैयाँ र सञ्चालन नाफा ४ अर्ब ११ करोड रुपैयाँ छ ।

चैत मसान्तसम्ममा बैंकको वितरणयोग्य नाफा ३.३० प्रतिशत अर्थात् ३१ करोड ३३ लाख रुपैयाँ छ । गत वर्ष यस्तो नाफा २.०७ प्रतिशत अर्थात् ३० करोड १५ लाख रुपैयाँ थियो ।

बैंकको चुक्ता पुँजी १९ अर्ब ४० करोड रुपैयाँ र जगेडा कोष १० अर्ब २८ करोड रुपैयाँ छ । चैतसम्म बैंकले २ खर्ब २ अर्ब ५४ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ७७ अर्ब ५० करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

यस अवधिमा बैंकको प्रतिसेयर आम्दानी १९.७८ रुपैयाँ छ । बैंकको मूल्य आम्दानी अनुपात ९.६० गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १५४.६० रुपैयाँ रहेको छ

समीक्षा अवधिमा बैंकको खराब कर्जा ४.२९ प्रतिशत पुगेको छ । गत वर्षको चैतमा ३.०६ प्रतिशत खराब कर्जा थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.