सानिमा बैंकको वितरणयोग्य नाफा ७.९५ प्रतिशत, खराब कर्जा घटायो

  २०८१ वैशाख ७ गते ६:३७     विकासन्युज

काठमाडौं । सानिमा बैंकको चालु आर्थिक वर्ष २०८०/८१ तेस्रो त्रैमासमा वितरणयोग्य नाफा ७.९५ प्रतिशत रहेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार चैतसम्म वितरणयोग्य नाफा ७५ करोड ६८ लाख २२ हजार रुपैयाँ रहेको छ ।

९ महिनाको अवधिमा बैंकको खुद नाफा १६.१७ प्रतिशत बढेर १ अर्ब ४३ करोड ९४ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले १ अर्ब ७१ करोड रुपैयाँ नाफा गरेको थियो ।

चैत मसान्तसम्म बैंकले ४ अर्ब ५८ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ४ अर्ब ९३ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यस अवधिमा बैंकको कुल सञ्चालन आम्दानी ५ अर्ब ९४ करोड रुपैयाँ, सञ्चालन नाफा २ अर्ब ६ करोड रुपैयाँ छ ।

समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी १३ अर्ब ५८ करोड रुपैयाँ र जगेडा कोष ५ अर्ब ६५ करोड रुपैयाँ छ । साथै, बैंकले १ खर्ब ८६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ६० अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।

यस अवधिमा बैंकको प्रतिसेयर आम्दानी १४.२७ रुपैयाँ छ । बैंकको मूल्य आम्दानी अनुपात १६.६७ गुणा छ भने प्रतिसेयर नेटवर्थ १४७.२४ रुपैयाँ छ ।

बैंकले यस अवधिमा खराब कर्जा पनि घटाएको छ । गत वर्षको चैतमा २.२७ प्रतिशत खराब कर्जा रहेकोमा यस वर्ष घटाएर १.८९ प्रतिशतमा झारेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.