९ महिनामा एनआईसी एशिया बैंकको नाफा २ अर्ब रुपैयाँ

  २०८१ वैशाख ७ गते ५:३९     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकले ९ महिनाको अवधिमा झण्डै २ अर्ब नाफा गरेको छ । बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८०/८१ तेस्रो त्रैमासमा १ अर्ब ९१ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको चैतमा बैंकले ४ अर्ब १ करोड ४९ लाख रुपैयाँ खुद नाफा गरेको थियो । गत वर्षको तुलनामा बैंकको नाफा ५२ प्रतिशत घटेको देखिन्छ ।

चैत मसान्तसम्म बैंकले ८ अर्ब १८ करोड ८१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ९ अर्ब ९ करोड रुपैयाँ ब्याज आम्दानी गरेको थियो । यस अवधिमा बैंकले कुल सञ्चालन नाफा १० अर्ब ३० करोड रुपैयाँ, सञ्चालन नाफा ३ अर्ब ६२ करोड रुपैयाँ रहेको छ ।

साथै, यस अवधिमा बैंकको वितरणयोग्य नाफा ऋणात्मक छ । चैतसम्म बैंकको यस्तो नाफा १ अर्ब ७२ करोड ५६ लाख रुपैयाँ ऋणात्मक छ ।

समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी १४ अर्ब ९१ करोड रुपैयाँ र जगेडा कोष १७ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ । साथै, बैंकले ३ खर्ब २७ अर्ब १६ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ७७ अर्ब १८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

बैंकको तथ्याङ्क अनुसार खराब कर्जा गत वर्षको चैतमा ०.८५ प्रतिशत रहेकोमा यस वर्ष बढेर ३.०८ प्रतिशत पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.