खराब कर्जा ४.९६ प्रतिशत पुग्दा पनि हिमालयन बैंकको नाफा १२ प्रतिशत बढ्यो

  २०८१ वैशाख ७ गते ५:२६     विकासन्युज

काठमाडौं । हिमालयन बैंकले चालु आर्थिक वर्ष २०८०/८१ तेस्रो त्रैमासमा १ अर्ब ९४ करोड ८१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ७३ करोड ८८ लाख रुपैयाँ खुद नाफा गरेको थियो । गत वर्षको तुलनामा बैंकको नाफा १२ प्रतिशतले बढेको हो ।

चैत मसान्तसम्म बैंकले ८ अर्ब ४३ करोड ३९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको चैतमा ६ अर्ब ४९ करोड २९ लाख रुपैयाा खुद ब्याज आम्दानी गरेको थियो । यसअवधिमा बैंकको कुल सञ्चालन आम्दानी ९ अर्ब ५५ करोड २२ लाख रुपैयाँ, सञ्चालन नाफा ३ अर्ब ५१ करोड ८९ लाख रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी २१ अर्ब ६५ करोड ६६ लाख रुपैयाँ, जगेडा कोष १९ अर्ब १५ करोड १७ लाख रुपैयाँ छ । बैंकले २ खर्ब ९८ अर्ब ६२ करोड रुपैयाँ निक्षेप संकलन गरेर २ खर्ब ३३ अर्ब १७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

यसअवधिमा बैंकको खराब कर्जा भने बढेको छ । गत वर्षको चैतमा ४.५६ प्रतिशत रहेकोमा गत चैतसम्म बढेर ४.९६ प्रतिशत पुगेको छ । साथै, चैतसम्म वितरणयोग्य नाफा पनि ५ अर्ब २४ करोड २४ लाख रुपैयाँ ऋणात्मक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.