२०८१ वैशाख ६ गते १४:०३ विकासन्युज
काठमाडौं । मनी लान्ड्रिङ प्रकरणमा भारतीय व्यापारी राज कुन्द्राको झन्डै १ अर्बको सम्पत्ति जफत गरिएको छ । भारतको प्रवर्तन निर्देशनालय (ईडी) ले मनी लान्ड्रिङ रोकथाम ऐन (पीएमएलए ) २००२ अन्तर्गत व्यापारी राज कुन्द्राको ९७.७९ करोड रुपैयाँको चल र अचल सम्पत्ति जफत गरेको छ ।
ईडीले दिएको जानकारीअनुसार जफत गरिएको सम्पत्तिमा राज कुन्द्राकी पत्नी तथा बलिउड अभिनेत्री शिल्पा शेट्टीको नाममा रहेको जुहूको फ्ल्याट पनि समावेश छ ।
यस बाहेक राज कुन्द्राको नाममा रहेको पुणेको फ्ल्याट र इक्विटी सेयर पनि जफत गरिएको छ ।
जुलाई २०२१ मा मुम्बई प्रहरीले व्यवसायी राज कुन्द्रालाई अश्लील फिल्म बनाउने र एपमार्फत उपलब्ध गराएको आरोपमा पक्राउ गरेको थियो ।
केही समयपछि राज कुन्द्राले जमानत पाएका थिए । एजेन्सी
Copyright © 2025 Bikash Media Pvt. Ltd.