लगानी सम्मेलनमा ३६ देशका ४६२ लगानीकर्ता सहभागी हुने, चीनबाट सबैभन्दा धेरै

  २०८१ वैशाख ६ गते १३:३५     विकासन्युज

काठमाडौं । वैशाख १६ र १७ गते काठमाडौंमा आयोजना हुने तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा ३६ देशका ४६२ लगानीकर्ता सहभागी हुने भएका छन् । लगानी सम्मेलनमा नेपालसहित चाइना, भारत, जर्मनी, बेलायत, अमेरिका, बङ्गलादेश, यूएई, जापाना, दक्षिण कोरिया, पाकिस्तान लगायत ३६ देशका लगानीकर्ताहरू सहभागी हुने लगानी बोर्डले जनाएको छ ।

नेपाल सरकारले १ हजार ३५५ लगानीकर्तालाई निमन्त्रणा पठाएको भएपनि सो संख्यामा मात्रै हालसम्म रजिष्ट्रेसन दर्ता गराएको लगानी बोर्डले बताएको छ ।

लगानी सम्मेलनमा नेपालबाट १६१, चाइनाबाट ६४, अन्य (देश पहिचान नहुने) ६०, भारतबाट ५७, जर्मनीबाट १२, बेलायतबाट ११, अमेरिका र बङ्गलादेशबाट १०/१० लगानीकर्ताले सहभागीता जनाउने भएका हुन् । यस्तै, यूएई र जापानबाट ८/८, दक्षिण कोरियाबाट ७, पाकिस्तान र अष्ट्रेलियाबाट ६/६, सिङ्गापुर र मलेसियाबाट ४/४, रूस, फिनल्याण्ड, कोलोम्बिया, क्यानडाबाट ३/३ व्यक्ति तथा संस्था लगानीकर्ताले सहभागीता जनाउने छन् ।

यस्तै, कतार, ईयू, बेल्जियम, बहराइन, अष्ट्रियाबाट २/२, भेइतनाम, श्रीलङ्का, टर्की, थाइल्याण्ड, स्वीट्जरल्याण्ड, साउदि अरेविया, रोमेनिया, मोरोक्को, साइप्रस लगायतका देशबाट १/१ लगानीकर्ताले सहभागीता जनाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.