स्विच अन रिटेलको तेस्रो शोरुम नेपालगञ्जमा

  २०८१ वैशाख ५ गते १७:३१     विकासन्युज

काठमाडौं । विभिन्न ब्रान्डका घरायसी इलेक्ट्रोनिक्स सामान तथा सामसङ मोवाइल फोनहरु बेच्ने स्विच अन रिटेलको तेस्रो शोरुम आज नेपालगञ्जको धम्बोजी चोकमा संचालन भएको छ ।

उक्त नयाँ शोरुमको उद्घाटन प्रमुख अतिथि माननीय डा. धवल सम्शेर राणा तथा बिशिष्ट अतिथि नेपालगन्ज नगर प्रमुख प्रशान्त बिष्टबाट भएको हो । उक्त कार्यक्रममा स्विच अन रिटेल प्रा.लि.का प्रबन्ध निर्देशक सीमा गोल्छाको पनि उपस्तिथि थियो ।

काठमाडौँ उपत्यका भित्र दुईवटा ठाउँ, नक्शाल र भक्तपुर गट्ठाघरमा संचालनमा रहेको स्विच अनको तेस्रो शोरुम खोल्ने छनौट किन नेपालगन्ज भन्ने प्रश्नको जवाफमा गोल्छाले ‘नेपालगन्ज ठुलो महत्वको बजार हो । यो पश्चिम नेपालकै प्रमुख ब्यापारिक केन्द्र मात्र नभई मुख्य प्रवेश द्वार पनि हो । नेपालगन्ज एउटा सम्भावनाको शहर हो भन्ने देखेर उपत्यका बाहिरको विस्तारमा नेपालगन्ज नै पहिलो रोजाईमा पर्यो’ भनिन् ।

विगत ५ वर्ष देखि संचालनमा रहँदै आएको स्विच अन शोरुमँ मोवाइल, टिभी, रेफ्रिजिरेटर, वाशिंग मेसिन, एयर क्नडिसनर तथा अन्य स–साना घरायसी इलेक्ट्रिक–इलेक्ट्रोनिक्स सामान सामानहरु किन्ने भरपर्दो गन्तव्य बन्दै आएको छ । यी शोरुमहरुमा ग्राहकहरुको सहजताका लागि किस्ताबन्दी सुबिधा र एक्सचेन्ज (पुरानो संग नयाँ साटेर लिने) सुबिधा पनि उपलब्ध हुनेछ।

किस्ताबन्दी कार्यक्रम बारे थप जानकारी दिंदै  गोल्छाले भनिन्, ‘यो एक्दमै ग्राहक मैत्री र सजिलो छ । यसमा कुनै ब्याज र सेवा शुल्क लाग्दैन । किस्ताबन्दीको प्रक्रिया पुरा गर्न पनि योग्य ग्राहकलाई लगभग ९० मिनेट भन्दा बडि समय लाग्दैन ।’ हाल स्विच अन शोरुममा सामसुङ, हिमस्टार, नेपालगञ्ज, चिंट, अहुजा जस्ता ब्रान्डका सामान उपलब्ध छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.