केडिया ग्रुपको महावीर एग्रो प्रडक्टले गर्यो २ अर्ब बढी अम्दानी, १.७८ अर्ब ऋण लिँदै

  २०८१ वैशाख ५ गते १६:०५     विकासन्युज

काठमाडौं । केडिया ग्रुपद्वारा प्रवर्द्धित महावीर एग्रो प्रडक्ट प्रा.लि. (एमएपीपीएल) ले २ अर्ब बढीको आम्दानी गरेको छ । उक्त प्रडक्टले आर्थिक वर्ष २०२३ मा २ अर्ब २ करोड ४० लाख रुपैयाँ बराबरको सञ्चालन आम्दानी गरेको हो ।

सन् २०२१ मा स्थापना भएको एमएपीपीएल नेपाली कृषि प्रशोधन व्यवसायमा नयाँ प्रवेशकर्ता हो । नेपालको पर्सास्थित वीरगञ्जमा कारखाना रहेको यस कम्पनी धानको प्रशोधनमा संलग्न छ । मुख्यतः कम्पनीले भारतीय बजारको धानलाई नेपाली बजारमा राजहंस, नेपाली चुलो र गुड लक नामको ब्रान्डबाट बिक्री गर्दै आएका छ । त्यस्तै, कम्पनीको धानको भुसी प्रशोधन क्षमता वार्षिक ८४ हजार मेट्रिक टन रहेको छ ।

सन् २०२३ जुलाईसम्मको तथ्यांकअनुसार कम्पनीको चार जना सेयरधनीहरू रहेका छन् । मुक्तिकुमार अग्रवालसँग ४५ प्रतिशत, रतनलाल केडियासँग ३७ प्रतिशत, सञ्जयकुमार अग्रवालसँग ११ प्रतिशत र दिप्ती अग्रवालसँग ८ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

कम्पनीले एक अर्ब ७८ करोड रुपैयाँ बराबरको ऋण लिँदै छ । जसको लागि कम्पनीले इक्रा नेपालमा क्रेडिट रेटिङ गराएको छ । इक्रा नेपालले कम्पनीलाई एक अर्ब ५ करोडको दीर्घकालीन ऋणलाई एलबीबी माइनसको रेटिङ दिएको छ भने ७३ करोडको अल्पकालीन ऋणलाई एफोर रेटिङ दिएको छ ।

पछिल्लो समय नेपालमा प्याकेजिङ र प्रशोधन गरिएको चामलको खपत बढ्दै गएको छ । यसले एमएपीपीएल जस्ता घरेलु मिलहरू लाभान्वित हुने देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.