कुमारी बैंकको १० लाख कित्ता संस्थापक सेयर बिक्रीमा

  २०८१ वैशाख ५ गते ७:१४     विकासन्युज

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक समूहको १० लाख कित्ता सेयर बिक्रीमा राखेको छ । बैंकले बुधबार एक सूचना जारी गरी बैंकका संस्थापक सेयरधनी वीरेन्द्रकुमार साहको नाममा रहेको १० लाख कित्ता सेयर बिक्रीमा राखिएको जनाएको हो ।

यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।

इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र काठमाडौं नक्सालमा रहेको कुमारी क्यापिटल वा टंगालमा रहेको कुमारी बैंकको प्रधान कार्यालयमा आवेदन दिन सक्नेछन् ।

सेयरको बिक्री मूल्य बिक्रेताले तोकेबमोजिम हुने बैंकले जनाएको छ ।

बैंकका अनुसार तोकिएको समयभित्र खरिद आवेदन नपरेमा अन्य व्यक्ति तथा संघसंस्थालाई सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.