साना किसान विकास लघुवित्तले कार बेच्दै

  २०८१ वैशाख ४ गते १२:१२     विकासन्युज

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले सवारी साधन (कार) लिलामीमा बिक्री गर्ने भएको छ । लघुवित्तले आफ्नो नाममा रहेको कार लिलामीमा बिक्री गर्ने भएको हो ।

केन्द्रीय कार्यालय बबरमहल काठमाडौंमा रहेको सवारी साधन (टोयोटा जिप) जे जस्तो अवस्थामा रहेको छ सोही अवस्थामा स्क्रयाप मूल्यमा बिक्री गर्ने लघुवित्तले जनाएको छ । खरिद गर्न ईच्छुक व्यक्ति तथा कम्पनीले बैशाख २० गतेभित्र बोलपत्र पेस गर्नुपर्ने छ ।

लघुवित्तका अनुसार बा ३ च ९२९६ नम्बरको रहेको यस जापानीज टोयोटा जीप सन् १९९७ मा बनेको हो । सिलबन्दी दरभाउपत्र प्रस्ताव एक प्रतिको १ हजार रुपैयाँ तिरेर आफूले सकार गरेको मूल्यको १० प्रतिशत रकम जम्मा गर्नुपर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.