वाइवाई चाउचाउले आईपीओ जारी गर्ने

  २०८१ वैशाख ४ गते ७:४४     विकासन्युज

काठमाडौं । नेपालको चर्चित वाइवाई  चाउचाउले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ ।

चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले सोमबार समाजिक सञ्जाल एक्समा लेख्दै छिट्टै सर्वासाधारणका लागि आईपीओ जारी गर्ने बताएका हुन् ।

‘तपाईंहरूलाई मनपर्ने चाउचाउको आईपीओ जारी गर्ने योजनामा छौं,’ उनले लेखेका छन्, ‘यो कुरा तपाईंहरूमाझ बाँड्न पाउँदा एकदमै खुसी र उत्साहित छौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.