नारायणकाजी श्रेष्ठले पाए अर्थमन्त्रीको जिम्मेवारी

  २०८१ वैशाख ३ गते १८:४२     विकासन्युज

काठमाडौं । नारायणकाजी श्रेष्ठलाई अर्थमन्त्रीको जिम्मेवारी दिइएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधान तथा परराष्ट्रमन्त्री समेत रहेका श्रेष्ठलाई अर्थमन्त्रालयको जिम्मेवारी दिएका हुन् ।

अर्थमन्त्री वर्षमान पुन अनन्त विदेश भ्रमणमा अमेरिका उडेपछि श्रेष्ठलाई जिम्मेवारी तोकिएको हो । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वसन्तकालीन बैठकमा सहभागी हुन अर्थमन्त्री पुन सोमबार बिहान अमेरिका उडेका छन् । मन्त्री पुन ८ वैशाखमा स्वदेश फर्किने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.