सेयर बजार राताम्मे, कारोबार पौने तीन अर्बमा सीमित

  २०८१ वैशाख ३ गते १६:०६     विकासन्युज

काठमाडौं । सोमबारको सेयर बजार राताम्मे देखिएको छ । बजारमा सेयर मूल्य मापक नेप्से परिसूचक १६.८२ अंकले घटेर २००६.५२ बिन्दुमा झरेको छ ।

बजारमा परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ३ अर्ब माथिको सेयर कारोबार भएको बजार सोमबार पौने तीन अर्बको सेयर कारोबार भएको छ । दिनभरमा ३१४ वटा स्क्रीप्सको २ अर्ब ७९ करोड रुपैयाँ बराबरको कारोबार भएको हो । जसमध्ये सबैभन्दा बढी न्यादी ग्रुप पावरको १७ करोड ७३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

घटेको बजारमा सबै समूह राताम्मे देखिएका छन् । त्यस्तै, टप लुजरको शीर्ष स्थानमा गुराँस लघुवित्त वित्तीय संस्था र दोश्रोमा डोल्टी पावर कम्पनी रहेका छन् । यी दुबैको सेयर मूल्य १०र१० प्रतिशतले घटेर प्रतिकित्ता क्रमशः १८९५.४० रुपैयाँ र ४७८.८० रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

बजार घट्दा सबैभन्दा बढी प्रतिशतले मूल्य बढ्नेमा माछापुच्छ्रे डिबेन्चर अग्रस्थानमा रहेको छ । ८.५ प्रतिशत माछापुच्छ्रे डिबेन्चर २०८७ को मूल्य ७.०९ प्रतिशतले बढेर प्रतिथान ९९७ रुपैयाँ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.