२०८१ वैशाख ३ गते १०:३९ विकासन्युज
काठमाडौं । आरएसडिसी लघुवित्तले ९ महिनामा ११ करोड २१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासको वित्तीय प्रतिवेदन सार्वजनिक गर्दै लघुवित्तले गत वर्षको चैतको तुलनामा ३०.३४ प्रतिशत बढी नाफा गरेको हो । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले ८ करोड ६० लाख रुपैयाँ नाफा गरेको थियो ।
चैत समान्तसम्म लघुवित्तको खुद ब्याज आम्दानी १३.४८ प्रतिशत घटेर १८ करोड ५१ लाख ९४ हजार रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा लघुवित्तले २१ करोड ४० लाख ४४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
यस अवधिमा लघुवित्तको खुद फि तथा कमिसन आम्दानी ४८ प्रतिशत घटेर १ करोड ११ लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी १६ प्रतिशत घटेर १९ करोड ७९ लाख रुपैयाँ, सञ्चालन नाफा ३० प्रतिशत बढेर १६ करोड १ लाख रुपैयाँ र वितरणयोग्य नाफा ८ करोड ६१ लाख रुपैयाँ रहेको छ ।
समीक्षा अवधिमा लघवित्तको चुक्ता पुँजी ८.६० प्रतिशत बढेर ९४ करोड ४३ लाख रुपैयाँ, जगेडा कोष ४४.१२ प्रतिशत बढेर २३ करोड ३१ लाख रुपैयाँ, निक्षेप तथा सापटि ४.६१ पतिशत घटेर ५ अर्ब ६५ करोड रुपैयाँ र कर्जा लगानी १.८० प्रतिशत घटेर ६ अर्ब ५९ करोड रुपैयाँ छ ।
चैत मसान्तसम्म प्रतिसेयर आम्दानी २.६४ रुपैयाँ बढेर १५.८३ रुपैयाँ छ । यस्तै, लघुवित्तको मूल्य आम्दानी अनुपात ३८.१ गुणा र प्रतिसेयर नेटवर्थ १२४.६९ रुपैयाँ रहेको छ । लघुवित्तको खराब कर्जा (एनपीएल) १.६२ प्रतिशत बढेर २.९९ प्रतिशत पुगेको छ । यसअवधिमा लघुवित्तको आधार दर ११.०२ प्रतिशत, इन्ट्रेस्ट स्प्रेड रेट २.३ प्रतिशत र कस्ट अफ फण्ड १०.१६ प्रतिशत छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.