शिवम् बन्यो सर्वाधिक बिक्री हुने सिमेन्ट, १३ करोड ३१ लाख बोरा बिक्री

  २०८१ वैशाख ३ गते १०:१०     विकासन्युज

काठमाडौं । शिवम सिमेन्ट नेपालमै सर्वाधिक बिक्री हुने ओपीसी सिमेन्ट बन्न सफल भएको छ । नेपाली सिमेन्ट इतिहासमै यो उद्योगले अहिलेसम्म १३ करोड ३१ लाख बोरा ओपीसी सिमेन्ट बिक्री गरेको छ । योसँगै शिवम नेपालकै सर्वाधिक बिक्री हुने ओपीसी सिमेन्ट बन्न पुगेको कम्पनीले जनाएको छ ।

इतिहास रच्दै अगाडि बढिरहेको शिवमले क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्दै गुणस्तरीय उत्पादन तथा बिक्रीवितरण गर्दै देशको विभिन्न ठूलठूला राष्ट्रिय गौरवका आयोजनामा आफ्नो महत्वपूर्ण भूमिका निभाउँदै आएको छ । शिवमले सिमेन्ट जगतमै पहिलोपटक नापतौल तथा गुणस्तर विभागबाट प्रदान गरिने एनएस क्वालिटी अवार्ड–२०१९ बाट पुरस्कृत हुन सफल भएको छ ।

ओपीसी सिमेन्टमात्र उत्पादन गर्दै आएको शिवम सिमेन्ट गुणस्तरीय एवं उत्कृष्ट उत्पादन हो । ‘भरोसा अटुट सम्बन्धको’, ‘गुणस्तरको पहिचान हो शिवम’, ‘गुणस्तरमा कहिल्यै सम्झौता नगरौँ’ तथा ‘क्वालिटी’को मामलामा नो कम्प्रोमाइजजस्ता मूल नाराका साथ अगाडि बढिरहेको शिवमले आफ्नो गुणस्तरीय उत्पादन तथा बिक्रीवितरण र बिक्रीपछिको प्राविधिक सेवाका कारणले पहिलो स्थानमा रहन सफल भएको कम्पनीको भनाइ छ ।

सन् २००९ मा नेपालका केन्द्र भाग हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधिउक्त प्लान्टबाट आफ्नै चुनढुंगाकोे प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र शिवम सिमेन्ट तथा शिवम प्लस सिमेन्ट उत्पादन तथा बिक्रीवितरण गर्दै आएको छ । उच्च गुणस्तर, निरन्तर सेवा र विश्वसनीयताका कारणले गर्दा नै शिवम ग्राहकद्वारा अत्याधिक विश्वास गरिएको र रुचाइएको असली ओपीसी सिमेन्ट बन्न सफल भएको हो ।

एनएस आईएसओ, आईएसओ, आईएसआई र यूआरएस प्रमाणित तथा नेपाल गुणस्तर चिह्न प्राप्त शिवम सिमेन्टले देशको असहज परिस्थितिमा पनि निरन्तर सेवा तथा सुविधा दिँदै आएको कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.