कोका-कोलाको ‘ड्रिंक एण्ड विन’ योजना सार्वजनिक, २० लाखसम्मको पुरस्कार

  २०८१ वैशाख २ गते १७:०४     विकासन्युज

काठमाडौं । नेपालको सबैभन्दा लोकप्रिय पेय पदार्थ कोका–कोलाले गर्मी महिनाको आगमनसँगै उपभोक्ताहरूको लागि ‘ड्रिंक एण्ड विन’ क्याम्पेन सार्वजनिक गरेको छ । यो क्याम्पेन अन्तर्गत ग्राहकहरुले २० लाखसम्मको पुरस्कार पाउने कम्पनीले जनाएको छ ।

‘ड्रिंक एण्ड विन’ क्याम्पेन अन्तर्गत उपभोक्ताहरूले कोका–कोलाका आरजीबीे (रिटर्नेबल गिलासका) बोतलहरूको बिर्को मूनी हेरेर तुरुन्तै पुरस्कार जित्न सक्नेछन् ।

कम्पनीको यो योजना मार्फत विभिन्न उपहार प्राप्त गर्न सकिने र यो अफर सीमित समयको लागि मात्र उपलब्ध हुनेछ । ‘ड्रिंक एण्ड विन’ क्याम्पेन कोका–कोला, फ्यान्टा र स्प्राइटका १७५ एमएल र २५० एमएलका आरजीबी बोतलहरूमा स्टक रहुन्जेलसम्म जारी रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.