पर्यटन प्रवर्द्धन गर्न बुलेट यात्रा (फोटो फिचर)

  २०८० चैत ३० गते १०:०२     विकासन्युज

काठमाडौं । नँया वर्षको अवसर पारेर नेपाल बुलेट हाउसको आयोजनामा काठमाडौं रामेछाप रोयल इन्फिल्ड (बुलेट) मोटरसाइकल राइडको आयोजना भएको छ ।

आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने भन्दै नेपाल बुलेट हाउसले नेपालको प्रवर्द्धनका लागि उदयमान गन्तव्यहरूको टु ह्हुवीलर राइड मार्फत दिगो पर्यटन प्रवर्द्धन गर्ने उदेश्यले काठमाडौंदेखि रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका र उमाकुण्ड गाउँपालिकामा रहेको चर्चित ताँवे डाँडासम्म बुलेट मोटरसाइकल यात्राको आयोजना गरेका छन् ।

रोयल इनफिल्ड बाईकका राइडरहरुले नेपाल बुलेट हाउसको अगुवाईमा काठमा देखि ताँवे डाँडा, दोलखाको जिरी हुँदै काठमाडौं फर्कने कार्यक्रम रहेको छ । विभिन्न जाति, भाषा, धर्मको विषयमा निकै विवाद भइरहेको बेला हामीले पहिला नेपाली हुन सक्नुपर्ने भन्दै आपसी भाइचारा र पर्यटन प्रवर्द्धनका लागि टु ह्विलर यात्रा गरेको नेपाल बुलेट हाउसका अध्यक्ष रमेश कार्कीले बताए ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.