भिजन लुम्बिनी ऊर्जाको लकइन अवधि जेठ ४ गते सकिँदै

  २०८० चैत २९ गते ७:४४     विकासन्युज


काठमाडौं । भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडको सामूहिक लगानी कोषका लागि छुट्टाइएको ९५ हजार ६ सय २५ कित्ता सेयरको लकइन अवधि आगामी जेठ ४ गते सकिने भएको छ ।

कम्पनीले सार्वजनिक निष्कासनमार्फत निष्कासन गरेको साधारण सेयर गत मंसिर ५ गते बाँडफाँड गरिएको थियो ।

उक्त बाँडफाँड गरिएकोमध्ये सामूहिक लगानी कोषलाई छुट्टाइएको ५ प्रतिशतले हुन आउने ९५ लाख ६२ हजार ५ सय रुपैयाँबराबरको ९५ हजार ६२५ कित्ता सेयरको लकइन अवधि सकिन लागेको हो ।

म्यूचुअल फण्डका लागि छुट्टाइएको सेयरको लकइन अवधि सार्वजनिक निष्कासनको बाँडफाँड भएको मितिले ६ महिनासम्म रोक्का राख्ने प्रावधान छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.