टर्कीद्वारा इजराइलमाथि व्यापार प्रतिबन्ध : सिमेन्ट, स्टिल र फलाम निर्यातमा रोक

  २०८० चैत २७ गते १३:४०     विकासन्युज

काठमाडौं । गाजामा इजराइली युद्धको जवाफमा टर्कीले व्यापारमा प्रतिबन्ध लगाएको छ । टर्कीले मङ्गलबारदेखि सिमेन्ट, स्टिल र फलामको निर्माण सामग्रीसहित धेरै उत्पादनमा इजराइलमाथि व्यापार प्रतिबन्ध लगाउने घोषणा गरेको हो ।

टर्कीको व्यापार मन्त्रालयले विज्ञप्ति जारी गर्दै व्यापार प्रतिबन्ध लगाउने घोषणा गरेको हो । ‘इजराइलले तत्काल युद्धविराम घोषणा नगरेसम्म र गाजामा मानवीय सहायताको पर्याप्त तथा निर्बाध प्रवाहको अनुमति नदिएसम्म यो निर्णय कायम रहने छ,’ मन्त्रालयले विज्ञप्ति जारी गर्दै भनेको छ ।

इजराइलले गाजालाई हवाई सहायता प्रदान गर्ने आफ्नो प्रयासलाई रोकेको एक दिनपछि टर्कीले नयाँ कदम चालेको हो ।

विदेशमन्त्री हकन फिदानले सोमबार इजराइलविरुद्ध प्रतिशोधको वाचा गर्दै प्रतिबन्धलाई ‘चरणबद्ध रूपमा’ र ‘बिना कुनै ढिलाइ’ लागू गरिने बताएका छन् ।

टर्की गाजामा इजराइलको युद्धको सबैभन्दा कठोर आलोचकहरूमध्येको एक रहेको छ । राष्ट्रपति रेसेप तैयम एर्दोगानले इजराइललाई ‘आतङ्कवादी राज्य’ को संज्ञा दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.