लाभांश प्रस्ताव पारित गर्न ग्रीन डेभलपमेन्ट बैंक र सलिकोको साधारण सभा आज

  २०८० चैत २७ गते ७:४२     विकासन्युज

काठमाडौं । लाभांश प्रस्ताव पारित गर्न मंगलबार ग्रीन डेभलपमेन्ट बैंक र सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) साधारण सभा बस्दैछ ।

ग्रीन डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको मुनाफा तथा संचित मुनाफा रकम समेतबाट बैंकको हाल कायम चुक्ता पूँजीको ३.८ प्रतिशतका दरले हुन आउने १ करोड ९७ लाख २२ हजार रुपैयाँ बोनस सेयर तथा ०.२० प्रतिशतले हुन आउने १० लाख ३८ हजार रुपैयाँ नगद लाभांश (कर प्रयोजनार्थ) वितरण गर्ने घोषणा गरेको छ ।

घोषित लाभांश पारित गर्न यस बैंकको दशौं तथा एघारौं वार्षिक साधारण सभा यस दिन मेजेष्टिक लेक फ्रन्ट होटेल एण्ड सुइट, पोखरा ६–कास्कीमा बिहान ११ बजेदेखि बस्दैछ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यस बैंकले चैत्र ९ गते बुक क्लोज गरिसकेको छ । जसअनुसार चैत्र ८ गतेसम्म कायम सेयरधनी सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

यस्तै, सलिकोले सञ्चालक समितिले सिफारिस गरेअनुसार गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई चुक्ता पूँजीको ५ प्रतिशतले हुन आउने १३ करोड ११ लाख ३१ हजार ९१० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

प्रस्तावित लाभांश पारित गर्न कम्पनीको काठमाडौं डिल्लीबजारस्थित अमृतभोग क्याटरिङ्गमा बिहान १० बजेदेखि सभा सुरु हुनेछ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यस कम्पनीले चैत्र १३ गते बुक क्लोज गरिसकेको छ । जसअनुसार चैत्र १२ गतेसम्म कायम सेयरधनी साभामा भाग लिन तथा लाभांश पाउन योग्य हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.