आईएमई लाईफको चिफ मार्केटिङ अफिसरमा चौलागाई

  २०८० चैत २६ गते ९:४८     विकासन्युज

काठमाडौं । आईएमई लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चिफ मार्केटिङ अफिसरमा गणेश चौलागाई नियुक्त भएका छन् । कम्पनीका सञ्चालक समितिको १८८ औँ बैठकले उनलाई नियुक्ति गर्ने निर्णय गरेको हो ।

चौलागाईसँग बीमा क्षेत्रमा करिब १८ वर्ष लामो कार्य अनुभव छ । उनी  यसअघि सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको प्रमुख व्यापार अधिकृतको रूपमा आबद्ध थिए ।

चौलागाईले भारतको सिक्किम मनिपाल विश्वविद्यालयबाट एमबिए र नेपाल कमर्श क्याम्पसबाट एमबिएस तहको शैक्षिक उपाधि हासिल गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.