बाढी प्रभावित आयोजनाको ऋणको ब्याजलाई पुँजीकरण गराउन राष्ट्र बैंकलाई निर्देशन

  २०८० चैत २५ गते २०:४५     विकासन्युज

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले बाढीबाट क्षतिग्रस्त जलविद्युत् आयोजनाहरूलाई मर्मत सम्भारको लागि आयात गर्नुपर्ने आवश्यक पार्टपुर्जा तथा उपकरणहरूलाई १ प्रतिशत भन्सार महसुल र मूल्य अभिवृद्धि कर पूर्ण रुपमा छुट दिई आयातको व्यवस्था गर्न अर्थमन्त्रालयलाई निर्देशन दिएको छ ।

समितिको चैत २२ गते बसेको बैठकले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको २०८० पुस ३ गतेको निर्णय बमोजिमको सिफारिस तत्काल कार्यान्वयन गर्न र सोको प्रगति विवरण ७ दिनभित्र समितिलाई उपलब्ध गराउन अर्थ मन्त्रालयलाई निर्देशन दिएको हो ।

साथै, उर्जा मन्त्रालयको निर्णय तथा सिफारिस बमोजिम अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंकलाई पुनरकर्जाको व्यवस्था गर्न तथा प्रभावित आयोजनाहरूको ऋणको ब्याज रकमलाई पुँजीकरण गरी पुनरतालिकाको व्यवस्था गरी ७ दिनभित्र प्रगति विवरण उपलब्ध गराउन निर्देशन दिएको छ ।

यस्तै, प्रभावित आयोजनाहरूका हकमा प्रमोटर सेयरको लक–इन पिरियडको व्यवस्थामा नेपाल धितोपत्र बोर्डलाई सम्बन्धित नियमावलीको संशोधन गर्ने व्यवस्था गर्न निर्देशन दिईको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.