नेपाल एसबिआई बैंकका ग्राहकले न्युरो अस्पतालमा छुट पाउने

  २०८० चैत २५ गते १३:०५     विकासन्युज

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडका ग्राहकले न्युरो कार्डियो एण्ड मल्टिीस्पेसियालिटी हस्पिटल (न्युरो अस्पताल)मा छुट पाउने भएका छन् ।

नेपाल एसबिआई बैंक र विराटनगरमा रहेको न्युरो कार्डियो एण्ड मल्टिीस्पेसियालिटी हस्पिटल (न्युरो अस्पताल) बीच छुटसम्बन्धी सम्झौता भएको छ । बैंकका सम्पूर्ण भिसा डेबिट कार्ड तथा मोबाइल बैंकिङ सेवा प्रयोगकर्तालाई छुट दिने सम्झौता भएको हो ।

उक्त सम्झौता बैंकका कोशी प्रदेश प्रमुख रविन घिमिरे तथा अस्पतालका अपरेशन डाइरेक्टर राजेश भट्टराईबीच सम्पन्न भयो । उक्त सम्झौता बैंक तथा अस्पतालका कर्मचारीको उपस्थितिमा भएको थियो ।

सम्झौताअनुसार अस्पतालको सेवा लिएबापत एसबिआई बैंकका ग्राहकले कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरी भुक्तानी गरेमा छुट पाउने बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.