सुस्त अर्थतन्त्रमा पनि चिनियाँहरू कसरी पैसा बचत गरिरहेका छन् ?

  २०८० चैत २५ गते ९:२६     विकासन्युज

काठमाडौं । दक्षिणी चीनको सियामेन सहरमा बस्ने सियाओ झुओ भन्छिन्, ‘हरेक वर्षको अन्त्यमा हामीसँग मुस्किलले केही मात्रै पैसा बाँकी रहन्छ, यसबाट मलाई धेरै डर लाग्थ्यो, के गर्ने के नगर्ने भनेर केही सोच्न सक्दिनथेँ।’

३६ वर्षीया सियाओ दुई सन्तानकी आमा हुन् ।

कोरोना महामारीका बेला सियाओ र उनका श्रीमानको तलब आधा कटौती गरिएको थियो । यो उनको परिवारका लागि ठूलो धक्का थियो । किनभने, पाँच वर्षअघि क्यान्सर भएको पत्ता लागेकी आमाको खर्च पनि सियाओले नै बेहोर्नुपरेको थियो ।

चीनका युवामा ‘दा जी’ खोज्ने र भेट्ने चलन बढ्दै गएको छ । ‘दा जी’ भनेको इन्टरनेटमा समान रूचि राख्ने पार्टनर हुन् र उनीहरूले समूहमा पैसा बचत गर्ने युक्तिहरू सेयर गर्छन् ।

तर, सँगै यात्रा गर्न वा व्यायाम गर्नुको सट्टा, सियाओ यस्ता मानिसको खोजीमा थिइन् जो पैसा बचत गर्न चाहन्थे ।

चीनमा घरेलु बचत प्रवृत्ति बढ्दो

चीनमा यस्तो खोजमा सियाओ एक्लै छैनन् । ‘सेभिङ दा जी’ नामको ह्यासट्याग पहिलो पटक फेब्रुअरी २०२३ मा ओहोन्सुमा ट्रेन्डिङमा देखिएको थियो। यो चीनको सोसल मिडिया प्लेटफर्मलाई इन्स्टाग्राम भनिन्छ ।

डाटा एनालाइसिस कम्पनी न्युजरेंकका अनुसार पछिल्लो १३ महिनामा यस ह्यासट्याग ९सेभिङ दा जी०, त्यस्तै चीनको अर्को सामाजिक सञ्जाल वेइबोमा पनि यस्ता विषयलाई लाखौं पटक हेरिएको छ ।

त्यस्तै चीनको अर्को सामाजिक सञ्जाल बीबोमा पनि यस्ता विषयलाई लाखौं पटक हेरिएको छ । यसबारे सही तथ्यांक पाउन गाह्रो छ। तर, सामाजिक सञ्जालको अनुसन्धानले चीनमा कम्तीमा लाखौं नभए पनि हजारौंले अनलाइन समूहहरूमा बचत पार्टनर फेला पारेको देखाउँछ ।

जसमध्ये अधिकांश २० देखि ४० वर्ष उमेरका महिला छन् । तीमध्ये धेरै छन् जो आमा बनेका छन् । कतिपय मानिस भन्छन् कि यी महिलाहरू आफ्ना छोराछोरीको पढाइको लागि पैसा बचत गर्न चाहन्छन् । किनभने, चीनमा शिक्षा दिन प्रतिदिन महँगो हुँदै गइरहेको छ ।

यसैबीच, कतिपयले सेयर बजार वा सम्पत्तिमा लगानी गर्दा नाफा कम हुने भएकाले नगद राख्न रुचाउने गरेको बताउँछन् ।

तिनीहरूमध्ये धेरैले आफ्नो जागिर गुमाए वा तलब कटौती भयो भने उनीहरूसँग बाँच्नका लागि पर्याप्त पैसा होस् भनेर पैसा बचत गरिरहेको बताउँछन् । सुस्त अर्थतन्त्रका कारण यसको डर बढ्दै गएको छ ।

घरेलु बचत दरमा चीन पहिले नै विश्वको शीर्ष स्थानमा छ। तर, सिंगापुरको नेसनल युनिभर्सिटीका सार्वजनिक नीति प्राध्यापक लु शी भन्छन्, ‘बचतमा हालैको वृद्धिले देखाउँछ कि मानिसहरूले अर्थतन्त्रको भविष्यप्रति आफ्नो विश्वास गुमाउँदै गएका छन् ।’

२०२३ सम्म चिनियाँ परिवारहरूले लगभग १ खर्ब ३८ अर्ब युआन ९१९ अर्ब १० करोड डलर० बचत गरेका थिए । आधिकारिक तथ्यांकअनुसार यो अघिल्लो वर्षको तुलनामा १४ प्रतिशत बढी हो ।

कस्तो छ चिनियाँ अर्थतन्त्रको अवस्था ?

वर्षौंदेखि लागु भइरहेको अत्यन्तै कडा शून्य कोभिड नीतिका कारण चीनको अर्थतन्त्रको स्वास्थ्य एकदमै छोटो समयको लागि पुनर्स्थापित गर्न सकिन्छ ।

अहिले चीनको सम्पत्ति बजारमा संकट गहिरिँदै गएको छ । मुद्रास्फीति दर र विदेशी लगानी घट्दै गएको छ भने स्थानीय सरकारहरूमा ऋणको बोझ बढिरहेको छ ।

चीनमा घरायसी दैनिक खर्चको व्यवस्थापन गर्ने जिम्मेवारी सामान्यतया महिलाको हातमा हुन्छ । अहिले महिलाहरूले धेरै बचत गरिरहेका छन् । यसले पनि चीनमा बेरोजगारी तीव्र गतिमा बढिरहेको संकेत गरेको स्थानीय डा। लु बताउँछन् ।

यसको असर युवा पुस्तामा मात्रै सीमित छैन । पछिल्लो आधिकारिक तथ्यांकअनुसार चीनमा बेरोजगारी दर विगत तीन महिनादेखि लगातार बढिरहेको छ ।

बचत बढाउने चिनियाँ आमजनताको बढ्दो चाहनाले चीनलाई आफ्नो अर्थतन्त्र पुनः सन्तुलनमा राख्न गाह्रो बनाउने छ ।

विगत दशकहरूमा चिनियाँ अर्थतन्त्रको तीव्र वृद्धिदर पूर्वाधार विकास र कम लागतको उत्पादन क्षेत्रमा भएको ठूलो लगानीले प्रेरित गरेको थियो । तर, विज्ञहरूको तर्क छ कि चीनको अर्थतन्त्र परिपक्व बन्दै गएकाले वृद्धिदरलाई कायम राख्न आन्तरिक उपभोगलाई बढावा दिनुपर्छ ।

डा। लु भन्छन्, ञघरेलु बचतमा भएको वृद्धिका कारण सन् १९९० को दशकमा जापानमा देखिएजस्तै चीन पूँजी अभावको जालमा फस्न सक्छ ।झ

यसको मतलब मानिसहरूले आफूसँग नगद राख्नेछन् र खर्च वा लगानी गर्नबाट टाढा रहनेछन् ब्याजदर निकै कम किन नहोस् । यस्तो अवस्थामा अर्थतन्त्रलाई टेवा पुर्‍याउन लागु भइरहेका मौद्रिक नीतिहरू प्रभावहीन हुनेछन् ।

पैसा बचाउने चिन्ता र मित्रता

सियाओ झुओ स्वच्छ ऊर्जा क्षेत्रमा काम गर्न पाउँदा आफूलाई भाग्यमानी ठान्छिन् । यो उद्योग तीव्र गतिमा बढिरहेको र गत वर्ष चीनको विकासमा यस क्षेत्रको योगदान करिब ४० प्रतिशत रहेको बताइएको छ ।

यद्यपि, झुओलाई लाग्छ कि उनी ‘कुनै पनि खतराको सामना गर्न तयार’ हुनुपर्छ किनभने उनका धेरै साथी र परिवारले आफ्नो जागिर गुमाएका छन् ।

उनीहरूमध्ये धेरैले अस्पताल र विद्यालयमा सरकारी जागिर गरेका थिए ।

फेब्रुअरीमा झुओ धेरै बचत समूहहरूमा सामेल भइन्। यी समूहका सदस्यहरूले हरेक दिन आफ्नो खर्च र बजेटको ट्रयाक राख्नुपर्छ । तिनीहरूले एकअर्कालाई अचानक जे पनि सामानहरू किन्नबाट रोक्छन् ।

उनीहरूको समूहका एक सदस्यले ५ हजार युआनको लागतमा विलासी झोला किन्न चाहन्थिन्। तर, उनले अन्य महिलाहरूसँगको सुझावपछि सेकेन्ड ह्यान्ड झोला किनिन्, जसको मूल्य १ हजार युआनभन्दा कम थियो ।

झुओले पैसा बचत गर्न केही सुझावहरू पनि सिकेकी छिन्। उदाहरणका लागि, उनले मुटुको आकारको स्प्रेडसिट भएको मोबाइल एपको बारेमा थाहा पाइन् । यसमा ३ सय ६५ बक्स छन्, जसले दैनिक १ देखि १ सय ८३ युआन सम्मको बचतबारे बताउँछ ।

एक वर्ष पछि झुओ यसमार्फत लगभग ३४ हजार युआन बचत गर्न सक्षम हुनेछिन् ।

चिनियाँ महिलाले कसरी पैसा बचत गर्दैछन् ?

पैसा बचत गर्न चाहने उनीजस्ता धेरै व्यक्तिहरू छन् भन्ने तथ्यले झुओलाई छक्क पार्छ । र, उनले यसरी पैसा बचत गर्ने अन्य बचतकर्ताहरूसँग भाइचाराको सम्बन्ध महसुस गर्छिन्।

उनी भन्छिन्, ‘मेरो लागि एक्लै निरन्तर बचत गर्न गाह्रो हुने थियो ।’

धेरै महिलाहरूले पैसा बचत गर्ने पुरानो तरिका अपनाएका छन्, अर्थात् पैसा घरमै राख्ने । यो धेरै असामान्य छ कि चीनमा धेरै लेनदेनहरू अब नगदरहित छन्।

स्ट्याटिस्टाका अनुसार आज चीनको जनसंख्याको लगभग ७० प्रतिशतले मोबाइल भुक्तानी गर्दछन् ।

३२ वर्षीय चेन मध्य चीनको हेनान प्रान्तमा ब्युटिपार्लर चलाउँछिन् । उनी भन्छिन्, ‘जब घरमा राखिएका नोटका बन्डलहरू मोटा हुन्छन्, तब म निकै सन्तुष्ट हुन्छु । म सुरक्षित महसुस गर्छु।’

चेनले हरेक महिना आफ्नो अधिकांश आम्दानी बैंकबाट निकाल्छिन् र नगद एउटा बाकसमा राख्छिन् । जब यो रकम ५० हजार युआन पुग्छ, उनले बैंकमा फिक्स डिपोजिटका रूपमा जम्मा गर्छिन् ।

अब चेनले खरिदका लागि मात्र नगद प्रयोग गर्छिन्। यो अलि असहज भएको उनी बताउँछिन् । तर, यसले उनीहरूको खर्च घटाउँछ र उनीहरू ‘सोख’ को लागि किनमेल गर्दैनन् ।

आर्थिक मन्दीबीच चेनका ग्राहक संख्यामा उल्लेख्य कमी आएको छ । उनका नियमित आगन्तुकले पनि आफ्नो खर्च कम गरेका छन् ।

चेन र उनका श्रीमान् दुवै आफ्ना आमाबाबुका एकमात्र सन्तान हुन् । यसको मतलब यी दुवैले सँगै आफ्ना चार ठूला अर्थात् आमाबुवाको हेरचाह गर्नुपर्छ ।

चेन आफ्ना दुई सन्तानका लागि कम्तीमा १ करोड युआन बचत गर्न चाहन्छिन् । चीनमा पुरुषहरूले विवाह गर्दा घरको स्वामित्व पाउने अपेक्षा गरिन्छ । त्यसैले छोराछोरीका लागि अभिभावकले घर किन्ने चलन सामान्य छ ।

चेनको आफ्नै हिसाबले उनको परिवारले कम्तीमा ५० लाख युआन बचत गर्नुपर्ने छ र यो रकम पनि कम हुन सक्ने सम्भावना छ, किनभने चेन फेरि आमा बन्न लागेकी छिन् ।

उनी भन्छिन्, ‘पहिले मेरो कुनै बचत योजना थिएन । तै पनि केही पैसा जोगाउने गर्थेँ । तर, अहिले बचत गर्न गाह्रो भएको छ । यस्तो अवस्थामा नगद आफूसँग हुँदा हुँदा मलाई चिन्ता कम हुन्छ ।’ बीबीसी हिन्दी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.