हदबन्दीका कारण बैंकमा गैर बैंकिङ सम्पत्ति बढ्यो : सुनिल केसी

  २०८० चैत २२ गते १६:२५     विकासन्युज

काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले हदबन्दीका कारण बैंकमा गैर बैंकिङ सम्पत्ति बढेको बताएका छन् । संघको नियमित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष केसीले सो बताएका हुन् ।

‘पछिल्लो तथ्यांक अनुसार १९ अर्ब बढीको गैर बैंकिङ सम्पत्ति बैंकमा थुप्रेर बसेको छ, हदबन्दीले बैंकलाई काम गर्न असहज भएको छ, साथै खराब कर्जा पनि बढाएको छ,’ उनले भने ।

पछिल्लो समय बैंकमा ५ खर्ब रुपैयाँ थुप्रेर बसेको बताउँदै अध्यक्ष केसीले अपेक्षाअनुसार कर्जाको माग नभएको बताएका छन् ।

अध्यक्ष केसीका अनुसार बैंकहरुले स्थानीय तहको निक्षेप बिना ब्याजदर राख्ने उद्देश्यले ७५२ वटा पालिकामा शाखा खोलेका छन् ।

हाल बैंकको औसत सीडी रेसियो ८१ प्रतिशत रेसियो छ । यसले कर्जा दिन बैंकहरु सक्षम छन् भन्ने संकेत गर्ने बताउँदै अध्यक्ष केसीले ब्याजदर घट्दा कर्जा बढ्छ भन्ने तर्क सहि नभएको समेत बताए ।

‘एकडेढ वर्षअघि उच्च ब्याजदर भयो भन्ने थियो । अहिले निक्षेप र कर्जाको ब्याजदर घटिसकेको छ । औसत आधार दर नै ८.७७ प्रतिशतमा झरिसकेको छ । सबै कर्जाको ब्याजदर एकल अंकमा झर्ने बेला भइसकेको छ । अर्थतन्त्र चलायमान गर्ने क्षेत्रको कर्जाको ब्याजदर एकल अंकमा झरिसकेको छ,’ केसीले भने

त्यस्तै, अमेरिका, भारत लगायतका देशमा ब्याजदर बढ्ने क्रम रोकिए पनि घटिनसकेको केसीले जानकारी गराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.