ताइवानमा भूकम्पबाट एप्पलमा नोक्सानी, सप्लाई चेन प्रभावित होला ?

  २०८० चैत २२ गते १५:४७     विकासन्युज

काठमाडौं । ताइवानमा गएको शक्तिशाली भूकम्पका कारण ७ जनाको मृत्यु भएको छ भने ७०० भन्दा बढी घाइते भएका छन् । यो २५ वर्ष यताकै सबैभन्दा शक्तिशाली भूकम्प मानिएको छ । जसका कारण टीएमसी कारखानालगायत धेरै भवनमा क्षति पुगेको छ ।

टीएमसी टेक कम्पनी एप्पलको चिप्स बनाउन संलग्न छ । जसमा आईफोन, आईप्याड र एप्पलटिभीमा प्रयोग हुने ए–सिरिज प्रोसेसर र एम–१ प्रोसेसर समावेश छन् ।

भूकम्पका कारण भएको क्षतिका कारण आइफोन र म्याकबुकको उत्पादनमा ढिलाइ हुने सम्भावना रहेको प्रतिवेदनमा उल्लेख छ । एप्पलको आगामी प्रक्षेपण पनि प्रभावित हुन सक्ने बताइएको छ ।

म्याक्रोमर्सको एक रिपोर्टअनुसार ताइवानमा भूकम्पको कारण टीएमसीका कारखानाहरूमा ठूलो क्षति भएको छ । विशेष गरी ताइनान सहरमा रहेको एन३ चिप उत्पादन गर्ने कारखानाको छाना र खम्बा भाँचिएको छ । जसका कारण कारखानाको सम्पूर्ण काम ठप्प भएको छ ।

यसका साथै ७ एनएमभन्दा सानो चिप्स बनाउन आवश्यक पर्ने इयुभी (एक्स्ट्रिम अल्ट्राभायोलेट) मेसिन पनि बिग्रिएका छन्, जसले गर्दा राम्ररी काम गर्न सकेको छैन । भूकम्पले अनुसन्धान तथा विकास प्रयोगशालाको पर्खालमा पनि चिरा परेको छ । यसैबीच ताइवानको सिन्चु सहरमा रहेको कम्पनीको अर्को कारखानाको पाइपलाइन फुटेर चिप्समा ठूलो क्षति पुगेपछि उत्पादन बन्द भएको छ ।

भूकम्पबाट भएको क्षतिपछि टीएसएमसीले आफ्ना कारखानाको स्टक लिन थालेको छ । कम्पनीले फेरि उत्पादन सुरु गर्ने प्रयास गरिरहेको छ । यद्यपि, यो अझै स्पष्ट छैन कि यसले उत्पादन पुनः सुरु गर्न कति समय लिन्छ र एप्पलको आपूर्ति श्रृंखलामा यसले कति प्रभाव पार्छ ।

यी प्रडक्ट लन्च गर्दै एप्पल

एप्पलले आगामी दिनहरूमा आफ्ना नयाँ उपकरणहरू लन्च गर्न सक्छ । जसमा म्याक प्रो, आईफोन १६ सिरिज, भिजन प्रो हेडसेट, नयाँ आईप्याड एयर, म्याक स्टुडियो, एप्पल वाच सिरिज १० र एप्पल वाच अल्ट्रा ३ समावेश छन् । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.