२०८० चैत २२ गते ११:४१ विकासन्युज
काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा कुलचन्द्र पराजुली नियुक्त भएका छन् । चैत २१ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले रिक्त रहेको उक्त पदमा पराजुलीलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
चितवनको भरतपुर निवासी पराजुली अर्थात नवनियुक्त सीईओले आगामी बैशाखदेखि कार्यभार सम्हाल्ने छन् ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.