टेलिकमको आईपीटीभी सेवामा आलाकार्टा प्रणाली लागु

  २०८० चैत २१ गते १०:११     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमले भीएएस सेवाको रुपमा सञ्चालन गरेको आईपीटीभी सेवामा आलाकार्टा प्रणाली लागु गरेको छ ।

सरकारले आलाकार्टा शुल्क प्रणाली लागु गर्न दिएको निर्देशन अनुसार टेलिकमले आफ्नो टेलिभिजन सेवा ग्राहकका लागि एनटीटीभी आलाकार्टा शुल्क प्रणाली लागु गरेको जनाएको छ । आफूले हेर्न चाहेको टेलिभिजन च्यानलको मात्र शुल्क तिर्न पाउने गरी नेपाल टेलिकमले आलाकार्टा शुल्क प्रणाली लागु गरेको जनाएको हो ।

सो प्रणाली अनुसार ग्राहकले बेसिक प्याकेज वा प्रिमियम प्याकेज वा बेसिक प्याकेजमा आवश्यकता अनुसार बुके प्याकेज थप गरी प्याकेजहरू खरिद गर्न सकिने व्यवस्था मिलाएको कम्पनीले जनाएको छ । बेसिक प्याकेज लिएका ग्राहकहरूले हालका लागि आफ्नो आवश्यकता अनुरुप बुके प्याकेजहहरू खरिद गर्न सक्नेछन् ।

सुरुको ३ महिनाभित्र सम्पूर्ण प्रिमियम प्याकेज सहितको वार्षिक प्याकेज सब्स्क्रिप्सन गर्ने ग्राहकका लागि अफरको रुपमा ३६० रूपैयाँ प्रति महिनाको दरमा प्रिमिय प्याकेज उपलब्ध हुने कम्पनीले जनाएको छ ।

ग्राहकले बेसिक एवम् प्रिमियम प्याकेज खरिद गर्न नेपाल टेलिकमको काउन्टरमा भिजिट गर्नुपर्नेछ । बेसिक प्याकेज लिएका ग्राहकले थप बुके प्याकेज खरिद गर्न टीभीको मेनुमा गएर आफैं खरिद गर्न सक्नेछन् । यस आलाकार्टा शुल्क प्रणालीमा आफ्नो रुची बमोजिमका प्याकेज खरिद गरी सोको मात्र भुक्तानी गर्न सकिन्छ । जसले ग्राहकलाई फाइदा पुग्ने विश्वास कम्पनीको छ  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.