अमेरिकामा विद्यार्थी भिसा स्वीकृति दर ५३ प्रतिशत

  २०८० चैत २१ गते ७:५५     विकासन्युज


काठमाडौं । अमेरिका संसारका अधिकांश देशका मानिसको सपनाको देश हो । अमेरिकामा राम्रो आम्दानी, सामाजिक सुरक्षा, सुरक्षित आवास, स्थायी बसोबासका लागि वार्षिक लाखौं मानिसले भिसा आवेदन दिने गर्छन् ।

अमेरिकामा नाम, दाम र बसोबास मात्र होइन त्यहाँका उत्कृष्ट कलेज र विश्वविद्यालयमा उच्च शिक्षा अध्ययन गर्न संसारका लाखौं विद्यार्थीले भिसा आवेदन गरिरहेका हुन्छन् ।

अमेरिकी विदेश मन्त्रालयको तथ्यांकअनुसार सन् २०२३ मा विद्यार्थी भिसा आवेदन दिएकामध्ये ५२.९६ प्रतिशतको ‘एफ–१’ भिसा स्वीकृत भएको थियो । तीमध्ये ६३.७४ प्रतिशतको डिपेन्डेन्ट (आश्रित) ‘एफ–२’ भिसा स्वीकृत भएको थियो ।

त्यसैगरी एफ–१ भिसा आवेदन दिएकामध्ये ४७.०४ प्रतिशतको आवेदन अस्वीकृत भएको थियो भने ३६.२६ प्रतिशतको एफ–२ भिसा अस्वीकृत भएको थियो ।

सन् २०२२ मा ५५.४० प्रतिशत एफ–१ भिसा र ६५.०७ प्रतिशत एफ–२ भिसा स्वीकृत भएको थियो । सोही वर्ष ४४.६० प्रतिशत एफ–१ भिसा र ३४.९३ प्रतिशत एफ–२ भिसा अस्वीकृत भएको थियो ।

त्यसैगरी २०२१ मा ६७.६६ प्रतिशत एफ–१ भिसा र ८०.१६ प्रतिशत एफ–२ भिसा स्वीकृत भएको थियो । सोही वर्ष ३२.३४ प्रतिशत एफ–१ भिसा र १९.८४ प्रतिशत एफ–२ भिसा अस्वीकृत भएको थियो ।

त्यस्तै, २०२० मा ६७. १७ प्रतिशत एफ–१ भिसा र ६८.८१ प्रतिशत एफ–२ भिसा स्वीकृत भएको थियो । त्यही वर्ष ३२.८३ प्रतिशत एफ–१ भिसा र ३१.१९ प्रतिशत एफ–२ भिसा अस्वीकृत भएको थियो ।

सन् २०१९ मा भने ७०.३७ प्रतिशत एफ–१ भिसा र ७४.६२ प्रतिशत एफ–२ भिसा स्वीकृत भएको थियो । सोही वर्ष २९.६३ प्रतिशत एफ–१ भिसा र २५.३८ प्रतिशत एफ–२ भिसा अस्वीकृत भएको थियो ।

अमेरिकाले एफ–१ भिसा प्राप्त गर्ने विद्यार्थीको श्रीमान वा श्रीमती र २१ वर्षभन्दा कम उमेरका अविवाहित छोराछोरीका लागि एफ–२ भिसा दिने गर्छ ।

अमेरिकाले संसारभरिका योग्य लाखौं विद्यार्थीलाई एफ–१ भिसा उपलब्ध गराउँदै आएको छ । अमेरिका पढ्न जान चाहने विद्यार्थी संख्या ठूलो रहेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.