ग्लोबल आइएमई लघुवित्तको संस्थापक सेयर बिक्रीमा

  २०८० चैत २१ गते ७:२३     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्री राखेको छ ।

संस्थाले बुधबार एक सूचना जारी गर्दै संस्थाको विद्यमान संस्थापक सेयरधनीका नाममा रहेको ८ हजार ७ सय ११ कित्ता सेयर बिक्रीमा राखेको जनाएको हो ।

इच्छुक विद्यमान संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवश्यक कागजात र आफूले लिन चाहेको सेयर संख्या खुलाई पोखरामा रहेको संस्थाको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ ।

संस्थाका अनुसार तोकेको मितिसम्म सेयर खरिदका लागि कुनै आवेदन नआएमा विद्यमान संस्थापक बाहेक अन्य व्यक्ति तथा कम्पनीलाई उक्त सेयर बिक्री गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.