सर्वोत्तम सिमेन्टको लाभांश घोषणा, डाक्यो वार्षिक साधारण सभा

  २०८० चैत २० गते १८:२२     विकासन्युज

काठमाडौं । हालै आईपीओ जारी गरेको सर्वोत्तम सिमेन्टले १५ प्रतिशत लाभांश घोषणा गरेको छ । चैत २० गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको १५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने घोषणा गरेको हो ।

हाल कम्पनीको चुक्ता पुँजी चार अर्ब ६५ करोड रुपैयाँ छ ।

उक्त लाभांश पारित गर्न कम्पनीले २०८१ बैशाख १२ गते पाँचौं वार्षिक साधारण सभा डाकेको छ । उक्त सभा सो दिन बिहान १० बजे रुपन्देहीको होटल भिलासामा हुने भएको छ ।

साथै, सभामा जानको लागि कम्पनीले चैत ३० गते एकदिन बुक क्लोजको मिति तय गरेको छ । यससँगै चैत २९ गतेसम्म कायम सेयरधनीले कम्पनीको प्रस्तावित लाभांश पाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.