नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष आशिष श्रेष्ठले लिए शपथ

  २०८० चैत १९ गते १६:५७     विकासन्युज

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष आशिष श्रेष्ठले पद तथा गोपनियताको शपथ लिएका छन् । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले अध्यक्ष श्रेष्ठलाई सोमबार पद तथा गोपनियताको शपथ गराएका हुन् ।

उक्त कार्यक्रममा प्राधिकरणका अध्यक्ष सिलवालले नेपालभर लघुबीमाको पहुँचलाई विशेष गरी दुर्गम र पिछडिएका क्षेत्रमा अगाडि बढाउनमा जोड दिन कम्पनीका पदाधिकारीहरुलाई निर्देशन दिए ।

शपथग्रहण कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल तथा नेपाल माइक्रो इन्स्योरेन्सका प्रमुख कार्यकारीहरुको उपस्थित थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.