काठमाडौंमा भारत-नेपाल शिल्प मेला आयोजना हुँदै

  २०८० चैत १९ गते १५:५६     विकासन्युज

काठमाडौं । भारत-नेपाल लोक शिल्प मेला २०२४ मार्च २८ देखि अप्रिल ०१ सम्म हुने भएको छ । मेला छाया सेन्टर ठमेल हरेक दिन १०ः०० बजे देखि ७ः०० बजे सम्म आयोजना हुने छ ।

भारत-नेपाल शिल्प मेला (आईएनसीएफ) दक्षिण एसिया फाउन्डेशन (एसएफ) को एक पहल हो । जसले शिल्पमा आधारित द्विपक्षीय सम्बन्धहरूको प्रोत्साहन गर्दछ । भारत र नेपालबीचको शिल्प र संस्कृतिको आदान-प्रदान कार्यक्रमलाई बढाउँछ ।

मेलाको अवलोकन निःशुल्क गर्न पाइने छ । मेलामा विभिन्न शिल्पको लाइभ प्रदर्शनीको साथै ५ दिने अनौपचारिक प्रदर्शनीका साथ, भारत र नेपालका शिल्पकर्मीहरूद्वारा बनाइएका अनौपचारिक आर्टिफेक्टहरू हुनेछ ।

मेलाका आकर्षणहरूमा व्यापार सुविधा, सांस्कृतिक कार्यक्रमहरू, शिल्प प्रदर्शनको लाइभ डेमन्स्ट्रेशन, डिजाइन वर्कसपहरू, भारत र नेपालका लोक कला र शिल्प, र साथमा वाराणसीको आकर्षक शिल्प समेत रहनेछन् ।
शिल्प मेला (आईएनसीएफ-२०२४) भारतको राजदूतावास, काठमाडौं, नेपालको राजदूतावासको प्रायोजनमा साथै विभिन्न नेपाली प्रायोजकहरू द्वारा प्रयोजन गरिएको छ ।

दक्षिण एसिया फाउन्डेशन र एसएएफ-नेपालको आयोजना र फेडरेशन अफ ह्याण्डिक्राफ्ट एसोसिएसन अफ नेपाल (एफएचएएन) र सार्क व्यापार संघको घरेलु काममा आधारित कामदारहरूको नेपाल च्याप्टर एसएबीएएच नेपालले आईएनसीएफ-२०१६मा संयुक्त सहकार्य गर्दै छन् ।

यस प्रदर्शनी एवं बिक्री मेलामा ३५ भन्दा बढी शिल्पकर्मी/शिल्प सहित नेपालका विभिन्न भागहरूबाट २० भन्दा बढी शिल्पकर्मीहरू सहभागी हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.