गुराँस लघुवित्त र माई खोलामा लाग्यो सर्किट, सर्वोत्तमको सर्वाधिक कारोबार

  २०८० चैत १९ गते १५:४०     विकासन्युज

काठमाडौं । सोमबारको सेयर बजारमा दुई कम्पनीको सेयर मूल्यमा सर्किट लागेको छ । गुराँस लघुवित्त वित्तीय संस्था र माई खोला हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

जसमध्ये गुरासँ लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १४८५ रुपैयाँ पुगेको छ । जुन अघिल्लो कारोबारको तुलनामा प्रतिकित्ता १३५ रुपैयाँले बढी हो ।

त्यस्तै, माइ खोलाको पनि सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ४३४.५० रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ३९.५० रुपैयाँले बढी हो ।

यता माहुली लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९ प्रतिशत बढी अर्थात ९.४४ प्रतिशतले बढेर प्रतिकित्ता १०५९.४० रुपैयाँ पुगेको छ ।
समग्रमा सोमबारको नेप्से परिसूचक ६.२६ अंकले घटेर २०१२.०७ बिन्दुमा पुगेको छ । दिनभर तीव्र उतारचढाव देखिएको बजारमा परिसूचक अघिल्लो दिनको तुलनामा ०.३१ प्रतिशतले घटेको हो ।

घटेको बजारमा कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन तीन अर्ब माथिको सेयर कारोबार भएको बजारमा सोमबार २ अर्ब ८७ करोडमा सीमित भएको छ । आइतबार जस्तै सोमबार पनि सवोत्तम सिमेन्टको सर्वाधिक सेयर कारोबार भएको छ । कम्पनीको एकैदिन ४७ करोड २९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, कम्पनीको सेयर मूल्य घटेर प्रतिकित्ता ९४१ रुपैयाँमा झरेको छ । आइतबारको तुलनामा सोमबार कम्पनीको सेयर मूल्य ३३.५० रुपैयाँले घटेको हो । यससँगै कम्पनीको सेयर मूल्य घटेको आज दोश्रो दिन हो ।

बजारमा रिभर फल्स पावरको सबैभन्दा बढी अर्थात ९.९८ प्रतिशतले सेयर मूल्य घटेर प्रतिकित्ता ४०८.५० रुपैयाँमा झरेको छ ।

सोमबार होटल्स एण्ड टुरिजम र ट्रेडिङ समूह बाहेक सबै समूह राताम्मे देखिएका छन् । होटल्स समूह भने ५९.७६ अंक र ट्रेडिङ समूह ५.५१ अंकले बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.