बीवाईडी एसिया प्यासिफिक २०२४ डिलर कन्फ्रेन्समा साइमेक्स इंक सम्मानित

  २०८० चैत १९ गते १४:०८     विकासन्युज

काठमाडौं । नेपालमा बीवाईडी अटो इन्डस्ट्री कम्पनीको आधिकारिक वितरक साइमेक्स इंक सम्मानित भएको छ । चीनको सियानमा आयोजित बीवाईडी एसिया प्यासिफिक २०२४ डिलर कन्फ्रेन्समा सम्मानित भएको हो ।

साइमेक्सले एसिया प्यासिफिक मेजर कन्ट्रीब्युसन डिष्ट्रिब्युटर अवार्ड र सेल्स कन्ट्रीब्युसन अवार्ड गरी दुई पुरस्कार पाएको हो । उल्लेखनीय बिक्री कार्यमा अगाडि बढ्दै साइमेक्स इंक एसिया प्यासिफिक क्षेत्रकै प्रमुख वितरक बनेको हो ।

अन्तर्राष्ट्रिय मञ्चहरूमा प्राप्त उल्लेखनीय उपलब्धिसँगै साइमेक्स इंकले चीनको सियानमा नेपाल एनुअल डिलर्स मिट २०२४ समेत आयोजना गरेको छ । नेपालमा बीवाईडी डिलरहरुको बीचमा आपसी सहयोग बढाउन, ज्ञान आदानप्रदान गर्न र सहकार्यलाई बलियो बनाउनका लागि सो इभेन्टले सहयोग गर्ने बताइएको छ ।

साइमेक्सले सन् २०२४ को योजनामार्फत यसको नेटवर्क विस्तारलाई प्रस्तुत गरिएको छ । हाल विभिन्न १५ स्थानमा बीवाईडी शोरुम स्थापना गरिएका छन् । भने, थप ३ शोरुम स्थापित हुने क्रममा रहेका छन् । साइमेक्स इंकले हाल विभिन्न स्थानमा २३ डीसी फास्ट चार्जर स्थापना गरेको छ ।

‘हामी बीवाईडीबाट सम्मानित भएका छौं । यी प्रतिष्ठित पुरस्कार ग्रहण गरेका छौ ।’, साइमेक्स इंकका अध्यक्ष अनिल श्रेष्ठले भने, ‘यो पहिचान हाम्रो टिमको कडा परिश्रम र समर्पणका साथै मूल्यवान ग्राहक र साझेदारहरूको अटुट समर्थनको प्रमाण हो । हामी नवप्रवर्तनतिर अगाडि बढ्ने, दिगोपन प्रवर्द्धन गर्ने र हाम्रा सबै सरोकारवालाहरूमा अनुपम मूल्य प्रदान गर्ने हाम्रो प्रतिबद्धतामा सदैव अडिग छौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.