सुनको मूल्य प्रतितोला १६ सयले बढ्यो

  २०८० चैत १९ गते १२:२९     विकासन्युज

काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य प्रतितोला एक हजार ६ सय रुपैयाँले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आइतबार एक लाख ३० हजार रुपैयाँमा कारोबार भएकामा सोमबारका लागि भने प्रतितोला एक लाख ३१ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

यस्तै, तेजाबी सुन आइतबार एक लाख २९ हजार चार सय रुपैयाँमा कारोबार भएकामा आजका लागि भने एक लाख ३० हजार नौ सय ५० रुपैयाँमा कारोबार भएको छ ।

यस्तै, चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले वृद्धि भएको छ । सोमबार चाँदीको मूल्य प्रतितोला एक हजार पाँच सय ३५ रूपैयाँमा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.